Category Archives: अष्टेलियाको हासो र रुवाई

अष्टेलियाको हासो र रुवाई


wp-1474541894273.jpg
MELBOURNE SOUTHBANK

 

म पात्र एक बनेर आज तपाइहरुको माज दिलको कुरा खोल्न जादैछु ।नेपालको अल्लारे  ठिटो दुई चार जना त तरुनिको पछि म लाग्ने होइन तिनिहरु म भनेपछि मरेहत्ति गर्थे,मलाइ अरुको चित्त दुखाउनु मन नपर्ने तेसैले भेइ नभेइ सबैसग मायाको गाठो कसिलो पारि बाधिराखेको थिए।

बिहान जुरुक्क उठ्यो क्याम्पस गयो अनि दिउसोको फुर्सदिलो समए मेरो लागी मायाको गाठो बाध्दै बित्थयो,कहिले काहि साथि संग दारु खान पनि जानै पर्ने ,बास्तबमै मेरो जिबन सारो ब्यस्त थियो।

बाउले मेरो हसिलो खुसि जिबन देख्न सकेनन,सात समुन्द्र पारी मलाइ ऊच्च शिक्षा को लागी पठाइदीनुभो।बिमानस्थलबाट उत्रने बित्तिकै मलाइ नौलो लाग्यो अनी नेपालमा छोडेर आएका मायालुहरुको हल्का याद आउदै थियो एतिकैमा डेरामा पुगियो।कोहि सूतिरहेका त कोहि बिएर पिउदै हसिलो मुद्रामा थिए,मलाइ हातमा बियर थमाइयो,माया पिरतिको बिछोडको पिडा तेसमाथि लामो यात्रा ,एकै झोकमा सबैपिए।

पिउने म पिलाउनेको क्या बदनामिभो,गित सुन्दै नसाको तालमा खुब नाचियो,निदायको समय याद छैन तर बिऊझिदा सोफामा सुतिरहेको थिए हातमा बिएर लिएर।वाथरुम जानुपर्ने तर थाहा थिएन कता थियो,नेपालमा भाको भए गन्ध सुध्दै गएनि पत्ता लाग्थ्यो तर जहा हेरे पनि सफा भयकोले म घरको बाहिर गयर कुनामा नेपालि पाराले आफ्नो बिजनेस पुरा गरे।

साथि ऊठेर सबैकुरा मलाइ बतायो अनि आफु कामतिर लाग्यो,दिन भर घरमा टिभि हर्दै बसियो।अर्को दिनबाट कलेज अनि कामको तनाब तेसमाथि नेपालको यादले सताऊन थाल्यो जुरुक्क उठेर मायालाई फोन गरे अनि सोधे हाउ आर ऊ डारलिइं,तिमिले कति कमाउछौ मलाइ फोन ल मेरो जन्मदिनको उपाहार,फोन चट्ट काटे अनि बाबालाइ फोन गरे ,बाबु रिन तिर्न बाकी छ बिचार गरेस।

कलेजमा गोरे होलान भनेको मिनि नेपाल पाए अनि आधा बिश्व ,बेलुकाको भाडा माज्ने काम कुरेर बसेको थिए हतार हतार गय अनि अगाडि हेरेको भाडा हेरेको धन्नै बेहोस ,यक गिलास पानि मागेर खाए।धेरै जसो भाडा कालो पिध गरेका थिए तेशैले सेतो बनाऊछू भनेर सूरू गरेको लामै समय घोटेछु गालि खानु पर्यो,धन्न एकजना आएर मद्दत गर्यो अनि रातिको बार बजे घर पुगे शिथिल भएर खाना खाएर एक्लै रुदै सुते।

मायाको फोन अनि बाबाको रिन पुरै तनाब हुन लाग्यो ।जिन्दगी अल्लारे बाट तनाबको रुवाइ सुरुभो मेरो ,सलाम छ मेरो तनाबि जिन्दगिलाई,हासोको बाटो मोडेर तनाब दिलायौ,मायाको भोकी मनलाई शराबि बनायौ।

सलाम अष्टेलिया !!!!!!!

Advertisements