Category Archives: अस्ट्रेलिया को ठट्टेउली शैली

अस्ट्रेलिया को ठट्टेउली शैली 


दिनभर भाडा माजेर घर फर्कदा सुशेलि हाल्दै खैरिनीलाई साईड हान्दै खस्रो हातमा चिल्लो डलरको नोठ बोकेर म बस स्टेशन तिर लागे,बिहानको घाम देख्नु नपाउदै होटल छिरेको ओस्ताज त रात परेर अध्यारो भएछ।

छोटो मेरो सारो थाकेछ गोडा,उपरखुट्टी लागेर बसको अन्तिम सिटमा एकछीन आराम गरे ,घर आएपछी ओए कात्तिके उठ घर आयो भनेर बोलाउने थपिनी माया कहा थिइ र , बसको ड्राइवर आएर अंरेजिमा आर ऊ ओके भनेर सोध्यो म केही नबोलि सरासर बाहिर निक्ले ,त्यसको जवाफ दिन सक्ने भाको भए र अलिकतिपनी अंरेजि जानेको भए मैले हप्तामा मुस्कीलले एकदीन जाने कलेजमा तरुण दल खोलेर एहाको प्रधानमंत्री भै सक्थे तर आफुलाई भाडा नमाजि निन्द्रा लाग्दैन,राति निदाउदा पनि शुसेलि मारेछु धन्नै सगै बस्ने साथिले लपेटा हानेन।

यसो बाहिर हेरेको म त बसको लास्ट स्टेशन आएछु,यसो सोचे पेटमा केहि छैन अनि हिनेर जाने जागर पनि छैन,अलिकति सोमरस पिएर हिड्दै घर जानुपर्यो भनेर पब तिर लागे अनि दुइ जग बिएर टुइलेट गाको साथि भेट भो ,धन्नै हात नधोइ हात मिलाएको।दोस्तले अर्को जग अफर गर्यो नाई भन्न सकिन।

आखा मिचेर बाहिर हेरेको साला एऊटा पार्कमा सुतिराको रहेछु,हतार हतार उठेर पार्कको टुइलेट गय अनी शिठी मार्दै कफि मगाए अनी झोला बोकेर आफ्नो फेभराइट काम भाडा शिठि मार्दै शुरू गरे।

Advertisements