Category Archives: आयुषा

कहिल्यै नफर्किने गरि जानुभयो आमा हजुर बिना घर घर लाग्दैन


15894948_651569555051789_2406636975287598337_n

मलाई दुश्मनहरूको डर लाग्दैन

अनि आफ्नाहरूको भर लाग्दैन

कहिल्यै नफर्किने गरि जानुभयो आमा

हजुर बिना घर घर लाग्दैन

कसैगरे पनि पग्लिएनौ यार तिमी

बरू पत्थरको मन पत्थर लाग्दैन

जो सधै मन्दिरमा टाउको ठोकी बस्छ

उही माथि भगवानको नजर लाग्दैन

सानैदेखि काडामा पाउ राखी हिँडे

त्यसैले खुल्ला सफर सफर लाग्दैन

आयुषा

Advertisements