Category Archives: तोरी बारीको तोरी सोल्टा गुईठे

तोरी बारीको तोरी सोल्टा गुईठे


image

बाबु बीरालो ले आलु खाला हेर है भन्दै आमा भान्सातिर लाग्नु भो।म आलीको डीलमा बसेर भुटेको मकै खान थाले।मकै खादा खादै एउटा बारुलो आएर धन्नै टोक्या।साएद अस्ती पोलेर खाएको बारुलीको दाई परेछ क्यारे।हुनत जन्मेदेखी मर्नेबेला सम्मको सबै पोलेकै हो।दाई बारुलो छप्की भेट्न गहर होला बच्यो त्योदीन।

अचानक मलाई याद आयो नेपाली पढाउने टुप्पी सरले कबीता पढ्ने गृहकार्य दीनुभएको थीयो,घरमा गएर किताब लीएर आय अनी पढ्न थाले।’गाउछ गीत नेपाली’ मलाई लाग्यो मेरो साथि ‘शमर नेपाली’ यो कबीता पढेर गाएककार बनेको हो।’गुईठे’ माईली आमा बोलाउदै बारी बारी तोरी बारि कीच्दै म भएको ठाऊमा आएर भन्नु भयो,आलु त नीकै फलेछ।माईलि आमालाई कसरि थाहा भो आलु फलेको ? म त तोरी मात्र फलेको देख्छु।
सायद माईलि आमालाई मेरो कुरा चित्त बुझेन,मुख टेडो पारेर साडी समाऊदै ठटेल बाजेको घर तिर लाग्नुभयो।तोरि बारी मा माहुरीको भीड देखीन्थ्यो,कोही तछाड मछाड गर्दै थीए त कोही एक आपस मा भारी मात्रामा चुम्बन गर्दै थीए।म भने पहेलो तोरी बारीमा एक्लो कालो गोबरको गुईठो जस्तो देखीएको थीए।
म तोरीबारी घुम्दै थीए ,शमएले कोल्टे फेरीसकेको थीयो।मैले त आज यउटा बीरालो पनी देखीन,मलाई लाग्यो म गुईठे लाइ देखेर बीरालो डराएछ।रात परी सकेको थीयो म सरा सर गएर आमालाई छाति फुलाएर भने ,आमा आज मैले बीरालोलाइ हाम्रो आलु खान दीइन,म देखेर डरायो।ऑमा गललल हास्नु भयो ,अनी मलाइ अंगालेर लखर लखर भान्सा तीर लाग्नु भयो।

 

Advertisements