Category Archives: पान मायाको माया

पान मायाको माया 


best-photos-in-hd-wallpaperपिरतिको प्रखाइले डुबुल्कि मारेर अन्तै बसाइ सरेछ क्यारे मितेरि गास्ने विरहिका भाकाहरु ढलमल ढलहल गर्दै मगर्नि दिदिको गुनिऊ फाटे जस्तो फाटेछ।

कबारे कान्छा तुरुक्क मुतेर टाप भाग्यो ,मगर्नि दिदि को रातो गाला अनि पुष्ट छाति ऊनिलाई कति भारि भा होला ‘लेडे’ दाइ साऊदि गाको नि दुइ बर्स बित्यो आको छैन।धनको माया बलियो भयर होला ‘लेडे’दाजूले आफ्नो कुशुन्द्रो सुकेको पत्तो नपाको ।यऊटा गाउको भलाद्मि भनेको तेहि कात्तिके थियो।कात्तिके मेरो छोरोलाई देखिस,थपिनि काकि लुंगि माथि सार्दै ऊकालो लागिन ,कात्तिके रातो न पिरो भयर झाडिमा सुरुक्क पस्यो।

बेलुका भयको थियो म मगर्नि दिदिको मा लागे ,घरमा यक्लै मलाई खाना खायर जानु भन्नुभो ,खाना खायपछि म शिरेठो खेप्दै बेसि लागे ।बाटोमा नाना थरि कुरा खेल्यो,तर जुनकेरिको भरोसा राखि पाइला चालिरहे।गराइ र भोगाइ फरक रहेछ,मिठास देऊ दुर्गन्दित पारि दिन्छन,सायद मेरो गल्ति थियो उज्यालो को पछाडि अंन्धेरो ख्याल गरिन,मिजासिला सब्दले मेरो ओठ रसायका थिय।

यका बिहानै कात्तिके आयर मगर्नि दिदि पोइला गयको खबर सुनायो,मर्न नसकेको कात्तिके मेरो बिहानि खराब गर्यो ।यकमनले सोचे मगर्निको मुजापरेको सुर्के थैलि खुल्नेभो ,लेडेले कमाको पैसा कता खर्च गर्थिन र तिनले।आधा उमेर त आफ्नो नि गइसक्यो तेहि मगर्नि जस्तै कोहि भय तत्काल भगाइदिन्थे तर नाकमा सधै झिगा मात्र भन्किन्छ किन हो ,एक पटक पानमायाले मुन्टो तल धेरै नलानु भनेकि थिइ ,खै होकि।तर झिगा अझ भन्कि रहन्छ।

यक चोटि पानमाया तिमि कहाछौ भनेर चिठिलेखेको म तेहि छु भनेर पठाइ,म चाइ दिन भर खोजे भेटिन ।मोरिले मायको भासा बोलि रैछे म चाहि धेरै सोजो,सायद बिष्वकै सोजो होला।

Advertisements