Category Archives: पुरु रिजाल

लजाएर तिम्ले नहेरे’नि हुन्छ । टुना हुन्छ भन्छन् बजेको चुरामा।


14390977_594449634097115_3651356082081637702_nगजल

नजानी भुलें सुन्दरी औ सुरामा ।

हरे दैव भन्दै चुटेँ पुर्पुरामा ।।१।।

चलेको छ हल्ला सबै गाउँघरमा।

हुँदैहुन्न बिश्वास भन्थ्यौ भुरामा ।।२।।

कहाँ हुन्छ एकै फिटिक्कै हुँदैन ।

यता के टि एम् मा उता बाजुरामा ।।३।।

लजाएर तिम्ले नहेरे’नि हुन्छ ।

टुना हुन्छ भन्छन् बजेको चुरामा।।४।।

कहाँ गै हराएछ ? ब्रम्हाण्ड सारा –

उचाल्ने पुरै जोस् थियो पाखुरामा ।।५।।

पुरु रिजाल (भूमेस्थान ७ धादिङ)

Advertisements

भनिन् प्रेमिकाले “तिमी सम्झिएर । न च्यापी सिरानी कहाँ नीद लाग्छ “


14390977_594449634097115_3651356082081637702_n

चढीगो जवानी कहाँ नीद लाग्छ ।

नराम्रो छ बानी कहाँ नीद लाग्छ ।।१।।


उघारेछु व्यर्थै धरामा नजर यी ।

गयो जिन्दगानी कहाँ नीद लाग्छ ।।२।।


म तड्पिन्छु तिम्रो मिठो सुन्न बोली ।

अरे फोन् नहानी कहाँ नीद लाग्छ ।।३।।


सधै प्रेमको कल्पनामा म हुन्छु ।

तिमी छौ निशानी कहाँ नीद लाग्छ ।। ४।।


भनिन् प्रेमिकाले “तिमी सम्झिएर ।

न च्यापी सिरानी कहाँ नीद लाग्छ ” ।। ५।।

  • पुरु रिजाल( भुमेस्थान -७ धदिङ