Category Archives: रशिक राजका सृजना

वेश्यालयको भित्तामा एउटा कामुक पोस्टर झुन्डिएको छ।


16357603_977540905678746_1051645133_o.jpg

वेश्यालयको भित्तामा
एउटा कामुक
पोस्टर झुन्डिएको छ।

निक्कै.. बेर भो
एक दुधे बालक
नियालि रहेछ
उसैका स्तन।

शिर्षक -अभाव
***

© रसिक राज

Advertisements

तारा बन्छन् मर्नेहरु भन्ने सुने देखी, उ बाबा भन्दै जुनकीरी समाति रहन्छ।


16357603_977540905678746_1051645133_oजिन्दगीमा खस्ने डर मात्र बाकी रहन्छ।

जव समयले चुङ्गीलाई झै उफारी रहन्छ।

तारा बन्छन् मर्नेहरु भन्ने सुने देखी,

उ बाबा भन्दै जुनकीरी समाति रहन्छ।

बच्चाहरु यसकारण निदाउन सकेकाछन्,

धन्न कसौंडी पानी मात्रै नी उमाली रहन्छ।

एउटा फुल झर्यो मुस्कुराउन बिर्सेका कारण,

यधपी उसको तस्वीर अझै पनि हाँसी रहन्छ।