Category Archives: australian dream

अष्टेलियन हाकिमको भाडा प्रेम 


मित्रहरु ,बुद्दि नै बुद्दिले भरियका ठुला ठुला घन्टाउके बिद्वानहरुले समेत अडिग भएर प्रेमका बिसयमा ठिक ठिक परिभासा दिन नसकेको यो संसारमा घरको धंसारजस्तो नचाहिने चिजमात्र थन्क्याएको यो मेरो गिदिले पनि त्यति बिधि त के नै जान्थ्यो र !तै पनि च्याट्ट लार मनमा लाको कुरा फ्याट्ट भनिहालौ जस्तो लाग्यो।बुबा आमा संग टाढा भयर बिदेश आयपछि टाढा प्रेम हुदोरैछ ,श्रिमति वा गलफेन्ड छाडेपछि गाढा प्रेम हुदोरैछ,नाके भएपनि यसो कतै कागे लागेर खैरेनि पछि लागिहालि भने चै छाडाप्रेम हुदोरैछ।यि त भय सजिब प्राणि हरुसंग हुने प्रेम ।तर आज मैले कुरा गर्न लागेको चाहि भाडा हरुसंग हुने अजिब प्रेमको हो,जसलाई भाडा प्रेम भनिन्छ।जब ऊमेर साना थिय ,तिनमान खाइन्थयो ,धोद्रे स्वरमा भएपनि गाना गाइन्थ्यो अनि टालेको मोजाको फुटबल खेलेर बेलुकी मात्रै घरणा आइन्थयो।बेलुकी खाना खायपछि थालमै हात चुटिन्थ्यो ,होमवर्क अघिइ नै सक्काइसके भनेर बुबाको दिमाख भुटिन्थ्यो अनि यसो मेसो मिलायर टिभि हेर्न जुटिन्थ्यो।जिन्दगि चटकेले  चोकमा अनेक थोक राखेर पटक पटक देखाऊने चटक भन्दा पनि उरमाइलो थियो।जब ऊमेर बिस्तारै माथि चढ्दै गयो ,सानै मान्छे भएपनि पैसाको मोह बड्दै गयो ,बाऊ आमालाई बिदेसमा त बोटबोटमै पैसाको नोट फल्छ रे भन्ने किस्सा सुनाइन्थ्यो अनि घर खेत बैंकमा राखि  पासपोर्टमा अष्टेलियाको भिषा लगाइयो ।नेपालमा त सबैको वाहा वाहा पाइयो ,चिरिप्प कोट पाइन्ट टाइ  लगाइयो ,जंगे पिलेनमा 14/15 घन्टा चढेपछि बल्लतल्ल आइयो अनि साथिको कोठामा पुग्ने बित्तिकै पास्ता र रेड वाइन पनि खाइयो।साथिकै सहयोगले बस्ने कोठा भेटाइयो ,ट्रेनको टिकट काटेर सिटि गइयो र गोरि गोरि ठिटि हेरेर मनको रहर पनि मनमै मेटाइयो।

अर्काको ठाममा मामको जोरजाम गर्न कामको पनि खाचो परिहाल्यो ,धुइपत्ताल लार तीन महिना खोजियो अनि बल्लतल्ल भाडा माज्ने डिऊटि खोजियो।त्यसपछि बिदेशको बसाइ यस्तै रैछ भन्यो ,कसाइको जस्तो कपडा लगायो ,हातमा पन्जा कस्यो ,अनि पसिना निकालेर गुटुइटुइ भाडा धस्कायो। शुरु शुरुमा त धरुधुरु नै रुने गरि गार्यो भयो बिस्तारै भाडा हरु संग प्रेम हुन थाल्यो अनि।नेपालमा तल्लो गाऊकी कालिले खालि आखा झिम्कायर प्रेम गर्छु भन्दा उल्टै गालि गरियो।कैले प्रेम गर्न जानियन तर यो सात समुन्द्रपारिको बालुवाको थालि जस्तो देषमा भने अकै भेष बद्लेर भाडाहरुसग पनि प्रेम गर्नु परिराछ,कस्तो अचम्म राऊन्ड प्लेट ,ओभल प्लेट ,पिज्जा पिलेट,कटलरि ओहो के के हो के के।आजकल त जुठो भाडा कतै दख्नै हुदैन खुट्टो ऊठिहाल्छ,हात आफै जुटिहाल्छ।नेपालमा बुढा हजुरबा हजुर ऑमा भन्दारैछन नाति त साथिसंगै पकेट भरि पैसा कमाऊन फुलको माला लगायर रकेट चढेर गाछ,तिनिहरुलाई के था यहा नाति छातिमा भाला रोपेर बकेट सफा गरि राछ।

त्यसैले आदरणीय अष्टेलिया बासि सम्पुर्ण भाडाप्रेमि मित्रहरु ,सबैले आज देखि घैटो घामतिर सारेर भयपनि घाम लगाऊ र सबै नेपालमा रहेका अन्य भाडाकुडा सफा गर्न घृणा गर्ने ,द्र्बय भनेपछि महादेबको भन्दापनि धेरै नेत्र बनाऊने तर दिन रात भट्टिमा बसेर तीनपाने मात्र पेटभित्र खनाऊने सबै साथिभाइलाइ भाडा सफा गर्न मनभित्रै बाट प्रेरित गरौ ।सकारात्मक बनौ ,भाडालाई प्रेम गरौ र डलरले भकारि भरौ !!जय होस

Advertisements