Category Archives: National Liberation Movement Of Nepal

National Liberation Movement of Nepal.


14264159_1291296640889231_4800131445531746721_nराष्ट्रिय बाल दिवसको अवसर पारेर राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल पार्टीको बाल संगठन राष्ट्रिय मुक्ति बाल क्लब पिपरा, कपिलवस्तु स्थापना भएको छ । बुधबार कपिलवस्तुको पिपरास्थित पार्टीको जिल्ला कार्यालयमा भव्य समारोबिच बाल क्लवको उद्घाटन पार्टीका केन्द्रीय अध्यक्ष डा. जयवन्त बिक्रम शाहले गरेका थिए ।

14079957_1291297170889178_6611478593341023984_n
टोलको सरसफाई गर्न चनचेतना अभिवृद्धि गर्ने, बिद्यालय नगएका बालबालिकालाई पढ्नका लागि प्रेरित गर्ने, पायक पर्ने ठाउँमा वाचनालय खोल्ने र शारीरिक स्फूर्तीको लागि खेलकूद पूर्वाधार विकास गर्न पहल थाल्ने जस्ता रचनात्मक योजनाहरु यो बाल क्लबले अघि सारेको छ ।

14355174_1291297034222525_9095501443821297935_n ५१ सदस्यीय क्लवमा सुश्री माया गिरीको अध्यक्षतामा ११ जनाको कार्यकारिणी समिति गठन गरीएको छ । क्लब स्थापना र उद्घाटन समारोहमा बालबालिकाले मनोरञ्जनात्मक प्रस्तुती समेत दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय अध्यक्ष डा. जयवन्त बिक्रम शाहले बालबालिकाको सृजनात्मक प्रयासको सराहना गरेका थिए । बालबालिका भविष्यको कर्णधार भएको बताउँदै, अध्यक्ष डा. शाहले देशलाई माया गर्ने बानीको बिकास गर्न बालबालिकालाई आग्रह गरेका थिए । ज्ञान आर्जन गर्ने कुराबाट बालबालिका पछि पर्न नहुने शाहको तर्क थियो ।

14364877_1291297327555829_4309488189431801321_n उनले बालबालिको हकहितका लागि आफु र आफ्नो दलकोतर्फबाट सबै खाले सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरे । कार्यक्रममा बिभिन्न राजनीतिक दलका नेताहरुकोसमेत उपस्थिति थियो । “सम्वद्र्धन बालअधिकारको, कार्यान्वयन संविधानको” भन्ने मूल नाराकासाथ नेपालमा यस वर्षको बालदिवस मनाईदै छ । नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनको अवसरमा हरेक वर्ष बाल दिवस मनाउँदै आईएको छ ।।

Advertisements

National Liberation Movement of Nepal.


526502_577778972241005_1524206327_nAll the patriotic_Nationalist Nepalese come and join the National Liberation Movement of Nepal for the best sake of Nepal and Nepalese.Let”s abolish all sorts of evil thoughts,concepts,ideas,principles,theories,practices,deeds,rules cum regulations and attitudes from the bottom of our hearts.Let”s transform us and our communities and build a new Nepal in reality. Because this party is running with a new, scientific and practical ideology,-“Nepalism, Nepacracy and Nepali Nationalism”. This ideology has been born in Nepal by Nepali for Nepal and Nepalese, of Nepal and Nepalese through Nepal and Nepalese, ownership of Nepal and Nepalese as well.1487279_760119284006972_1824328285_n

https://www.facebook.com/National-Liberation-Movement-of-Nepal-562389457113290/?fref=nf&pnref=story