Category Archives: News Source

एक युवा ले दिय महाअभियोग प्रस्तावक लाई चिठि , भुपेन्द्रजंग शाही लाई बधाई *****==


-एक युवा ले दिय महाअभियोग प्रस्तावक लाई चिठि , भुपेन्द्रजंग शाही लाई बधाई *****== कालिकोट जिल्ला अस्पताल लाई 50 बेडको बृहत् अस्पताल बनाउने अभियान मा जुट्नु भएकोमा नेपाली काङ्ग्रेस का जिल्ला सभापति तथा नेपाल तरुण दलका केन्द्रिय महासचिव भुपेन्द्रजंग शाही लाई मेरो तर्फबाट हार्दिक बधाई ।। साथसाथै माननीय मन्त्री गगन थापा ज्यु लाई ज्ञापन पत्र बुझाएर ,उक्त ज्ञापन पत्र लाई सहजै सफल र प्रतिबद्धता सहित को खुसी को खबर ले सिंगो कर्णाली र कालिकोट बासी ले स्वागत तथा बधाई दिएका छन ।। माननिय सभासद ।। तथा पुर्ब जनमुक्ति सेना नेपाल डिभिजन कमान्डर महेन्द्रबहादुर शाही (क.प्रज्ज्वल) यो मरुभूमि को तातो घामबाट रक्तिम लाल अभिबादन ।। अतीत र बर्तमान अनि बिरह का सुनामी चल्दा तपाईं लाई एक चिठी लेख्ने मन लाग्यो ,यो प्रबास को मरुभूमि बाट । विशेष त म गरिब बस्ती को मान्छे कर्णाली कालिकोट त्यसमा पनि पिछडिएको पलाता को थिर्पु मा जन्मेको मान्छे म ।।16559090_619092541608834_1932398370_n

खै कुन शब्द बाट उठान गरौ म यो पत्र लाई ।।युग फेरिय बर्ष फेरिय महिना फेरिय दिन फेरिय तर पनि ताल उस्तै मेरो कर्णाली अनि कालिकोट को ब्याथा ,,,।। हजारौं हजार सहिद को बलि अनि रगत को खोला बगाएका महान सहिद को सपना एउटै थियो देस र जनता को उन्नति प्रगती र देस बिकास संङ्ग्संगै राजाशाह,तानाशाह ,अनि सासक को अन्त्य ।। तर सबै सपना मै सिमित रहे ।। तर भन्न त भनिन्थ्यो नि केही पाउनको लागि केही गुमाउनु पर्छ तर मैले जे देखे सबै गुमायको पाउन केही पाईयन ,,।। अझ स्पष्ट भन्नू पर्दा हामी सौतेनी को ब्यवहार भोगिरहेका छौ । किनभने हिजो कर्णाली को अवस्था त्यही थियो आज त्यही छ र भोलि कस्तो बनाउने त्यो कसले देखेको छ र । हामी संग बिकास का सम्भावना यति धेरै हुदाहुदै पनि अझै चुप लागेर किन बसेका छौ ? तपाईं लाई थाहै छ ,।

से-फोक्सुण्डो रास्टृय निकुञ्ज डोल्पा रारा रास्टृय निकुञ्ज मुगु , थुप्रै पर्यटकीय हिमाल ,अथक जडिबुटी को उत्पादनता खै त्यसको हेरफेर र बजार ,खै जलविद्युत को उत्पादन खै स्याउ ,नास्पती ,अंगुर ,आरु,अन्य फलफुल हरु को उचित बजार ्ब्यावस्थापन कसले गर्ने यसको फेरफेर ,? हजारौं हजार मेगावाट ‘ जलविद्युत उत्पादन हुने नदिनाला हरु त्यतैकै बगिरहेका छन ,उत्पादन भयका साना जलविद्युत आयोजना पनि राम्रोसँग संचालन मा आयका छैनन् ,त्यसको जिम्मेवार को ? भोट को हकदार तपाईं अनि बिकास निकास र कर्णाली युवा स्वरोजगारको जिम्मा पनि तपाईं ले नै लिन पर्छ ,, ।।

कत्तिको निगरानी र परिक्षण गर्नुभएको छ कालिकोट को जिम्जेडी को टावर को न राम्रोसँग पलाता बासी ले फोन र संचार माध्यम को शुभिदा पायका छन न खानेपानी ,,बत्ती को त कुरै छोडौ त्यो त हाम्रो लागि आकाश को फल आँखा तरि मर भन्या जस्तो भएको छ ,, खै? खेलकुद बिकास मा लगानी ।खै ? खेलमैदान को उचित ब्यवस्थापन ,, कालिकोट को थिर्पु र नानिकोट गाबिस को बिचमा पर्ने घाटचौर लाई खै ?खेलमैदान को रुपमा,,,,,,,,,,,,,,,,,,,,,, मध्यनजर,,,,,,राखेको ,,, त्यो त कालिकोट कै सबभन्दा ठुलो खेल मैदान बन्ने सम्भावना भएको ठाउँ हो । यो भन्दा अघिल्लो बर्ष फुटबल आयोजना पनि गरिएको थियो,,,,,,,,,, त्यहाँ ,,,।। बिकास का सम्भावना भएको ठाउँमा हेरफेर गरिदैन ।चुनाव आयो भोट माग्न बर्सेनि देउसी भैलो जस्तो नाटक हुन्छ अनि हामी कसरी चुप लागेर बस्ने मानवीय सभासद ज्यु ।। —-हामी लाई तपाईं बिकास दिनुस “”””””””””””””””””””””””””””””””””””””” तपाईं को जित को सुनिश्चित हामी गर्छौ —– ।।।

Advertisements

श्रीमानले महिनाको लाख रुपैयाँ कमाउँदा पनि गाउँघरमा मेलापात गरेर बसें


परमेश्वरी महतो/नवलपरासी कुमारवर्ती–६ गोछडा चौक

पाँच वर्षअघि स्थापना गरेको मिलीजुली सिमेन्ट उद्योगमा विहानै देखि खटिनु पर्छ । गर्मीको समय भएकाले विहानको समयमा उद्योगको काम गर्नुपर्छ ।

मेरा श्रीमान रोजगारीका लागि साउदीमा हुनुहुन्छ । साउदीबाट छुट्टिमा घर आउँदा पाँच वर्ष अघि उहाँले मिलीजुली सिमेन्ट उद्योग स्थापना गर्नुभएको हो । उद्योगमा सिमेन्टबाट बन्ने गमला, रिंग, टायल आदि बन्छन् ।

त्यसैको व्यवस्थापन गर्न भ्याइनभ्याई भएको हो  । पाँच वर्षमा ४०/५० लाख रुपैयाँ लगानी भइसक्यो । यो उद्योगबाट दुई छोरा पढाउने र अरु घर खर्च पनि चलेको छ ।

मैले कक्षा ७ सम्म पढेकी छु । आफूले भनेजस्तो पढ्न नपाए पनि छोराहरुले पढुन जस्तो लाग्छ । अनि श्रीमानले परदेशमा दुःखले काम गर्नुहुन्छ । उहाँको दुःख सम्झेर यहाँ मैले पनि काम गरिरहेकी छु । श्रीमानले साउदीमा महिनाको एक लाख रुपैयाँ कमाउँदा पनि म गाउँघरमा मेलापात गरेर बसें ।

उद्योगको कमाइ घर खर्च चलाएर त्यसैमा लगानी गर्दै आएको छु । सुरुमा श्रीमानले नै विदेशमा भन्दा स्वदेशमा केहि गरौं भनेर उद्योग खोल्नुभयो । तर पछि फेरी उहाँ विदेश हिँड्नुभयो । त्यसपछि आफैंले उद्योग धानेकी छु ।

मिस्त्रीहरुसँगै म पनि उद्योगमा काम गर्छु । मिस्त्रीले दिनको चारदेखि सात सय रुपैयाँसम्म ज्याला लिन्छन । अहिले मेरो उद्योगमा दैनिक ११ जनाले काम गरिरहेका छन् ।

विद्रोही गिरीसँग गरेको कुराकानीमा आधारित ।