Category Archives: Story by Ryder Sudip

कथा :- किनार २


15420799_760577817430310_7694288748571981070_nकथा :- किनार २

  • सुनन
  • हजुर मलाइ भन्नू भको
    बोलाइ त हाले तर अब उस्लाइ के भनेर बोलौ अन्योल मा परिहाल्यो। नचाहिने बेला नचाहिने कुरा जति नि सोच्ने जान्ने हुने यो दिमाग कैले काइ चाहिने बेला सानो कुरा मा नि फेल हुन्छ ।
    -आर यु फाइन ?
  • या आइ एम गुड
    म फेरि मौन रहन बाध्य भए फेरि आफै मा प्रस्न गरे अब उस्लाइ के सोधौ भयो
  • अनि कि तिमिलाइ जाडो भको छैन
  • नाइ भको छैन
    अब त सन्कट मा परे म आफै बुज्नु पर्ने यो जाडो मा पानी मा भिज्दा कोस्लाइ जाडो हुन्न र , उस्ले रिसमा भनी कि झ्याउ मानेर भनी
    अब सोधौ पनि के सोधौ खै नसोधौ मनमा खुल्दुली भछ उस्ले किन यस्तो गरेकि हो भनेर जान्न आत्तुर पनि

सायद उस्को मन थियन होला तर म आफै जबर्जस्ति उस्को मन को कुरा बुज्न खोजे पछि धेरै बेर मा उस्ले आफ्नो कुरा बिस्तारै भन्दै गै

जब उस्को कुरा सुन्दै गए म फेरि अचम्मित भए अचम्मित भन्दा नि छक्क परे उस्को व्यवहार उस्को सोच उस्को मन सब अचम्म को थियो मलाई प्रत्येक उस्को कुरा ले सप्राइज दिइरहेको थियो। मलाइ सोच्न बाध्य गरायो कि यो सन्सार मा यो समयमा नि कोइ यस्तो छ ।लाग्यो उ सन्सारमा एक्लो त्यस्तो हो ।भगवान ले बनाउने बेला सबै लाई फुर्सद ले बनाउछ र सबैलाइ सुन्दरता ले भरिपुर्ण दिन्छ तर उस्लाइ अल्लि धेरै नै समय लगाएर बनाएछ के रे सुन्दरता सङ सङै सुन्दर मन पनि दिएछ। धन्य ती बुवा आमा जस्को घरमा यस्तो छोरी ले जन्म लिएकी छ । उस आमालाइ हार्दिक नमन जस्ले यस्तो छोरी लाई नौ महिना सम्म आफ्नो कोखमा सुरक्षित प्रदान गर्नु भो ।
उस्को कुरा सुन्दै गए पछि म आफै गलत ठहरिए मैले सोचेको थिए कुनै केटा ले ब्रेक अप दियो होला सधै यहि नारायणी आउथे होला त्यसैले आज याद मेटाउन आएकी होला तर तेस्तो हो रहिनछ।
उ बालकुमारी ऐले १२ पढ्ने रहेछ अस्ति ११ को रिजल्ट भको मा उस्लाइ Account बिसय मा फेल भकी रहिछ ।अरु सबै मा राम्रो नम्बर आएको तर Account बिग्र्यो रे परिक्षा को दिन बिरामी भको हुनाले exam बिग्रेको ।
उस्ले भन्दै गै :- म एक्लि छोरी दाजु भाइ कोहि छैन म माथी धेरै आश छ ममि बुवा को तर मेरो पढाइ बिगृयो ( बेला बेला आँसु झार्दै पुछ्दै गरिरहेकी थि )

मनमनै कुरा खेल थाल्यो उस्लाइ एकपटक न्यानो अङ्गालो मा बाधेर माया दिन मन लाग्यो अरे वा तिमी र तिम्रो सोच
त्यतिन्जेल उ पानी बाट बालुवामा आइ सकेकी थि उस्ले आफ्नो मन केही हल्का भए जस्तो गरि । एक पुरुस को कर्तव्य बन्छ कुनै नारी मुस्किल अफ्ठ्यारो मा पर्दा उस्लाइ साथ दिएर बिस्वास दिलाएर त्यो अफ्ट्यारो बाट उम्काउनु अझ म त दारी वला परे ।
म उस्लाई सम्जाउन लागे – एउटा बिसय लागेको हो कुनै धेरै हैन हिड्ने मान्छे लडछ नै तर उठन र समालिन सक्नु पर्छ । अब एक महिना मा इक्जाम आउँछ Tution पढ राम्रो सङ देउ पास भौ भै हाल्यो नि । तिमी आमा बुवा माथी चिन्ता लिन्छौ तर यसरी चिसो पानी मा खेलेर बिरामी भएर फेरि इक्जाम बिगृए के होला सोच त ।
उस्ले केही सम्जे जस्तो गरेर सुक्क सुक्क गर्दै टाउको हल्लाइ। जाउ हिड त्यता ( टेबुल तिर देखाउदै ) चिया खाउ केही तातो हुन्छ मलाइ नि जाडो भै सक्यो । उस्ले हुन्छ भन्दै फेरि टाउको हल्लाइ ।
उहीँ पहिले को टेबुलमा बस्यौ ।उ खुट्टा भरी बालुवा लागेको हटाउन लागि म चिया वला भाइ लाई चिया र चुरोट मगाए ।
चिया र चुरोट आयो उस्ले कप बाहिर बाट हातले समात्दै चियाको तातो पन लिन लागि म चुरोट सल्काउन । चुरोट मुख मा राखेर सल्काउन के लागेको थिय उस्ले पुलुक्क हेरि र नखाए हुदो हो भन्ने जस्तो भाब जनाइ । मलाइ कयौ पटक घरमा बिगृन्छस किन चुरोट रक्सी खान्छस नखा भनेर सम्जाको नबुज्ने बेवास्ता गरि झर्केर हिन्ने म आज एउटि केटि को इसारा र भाब बुज्ने भए र चुरोट गोजि तिर हाले।
उस्ले मैले भन्दा चाडो चिया भ्याइ आफू तातो खान नसक्ने बानी सुस्त सुस्त खाए ।
उ-अब म जान्छु चाडै घर पुग्नु पर्छ
म घडी हेर्दै अहो नौ बजे छ जाउ त नि हिन म त्यति भन्दै झोला र हेल्मेट लिएर पैसा तिर्न गए उ एकोहोरो हुँदै हिनिरही कि सायद अजै पनि मन हल्का नभएर होला। बाइक स्टार्ट गरेर उ नजिक पुगेर पछि बस्न लगाए सुरु मा केही हिच्किचाए पनि उ बसि ।कलेज गेट आउपुग्यो मामा गेट मा बसिरहनु भएको थियो उ र म चुपचाप थियौ उ झरेर सरासर कलेज भित्र छिरी केही बेर उहीँ तिर हेरिरहे ।
न धन्यवाद भनी न बाइ भनी यार
सोच्दै घर तिर लागे।

To be continue …..

Advertisements

सायद यस्को नारायणी सङ ठुलै सम्बन्ध हुन पर्छ या मन मा ठुलै पीडा बोकेको हुनपर्छ कथा :- किनार -१


कथा :- किनार -१

कभी कभि मेरे दिल मे ख्याल आता हे
कि ज्यासे तुज्को बनाया गया हे मेरे लिए
कान मा earphone लगाइ गित सुन्दै नारायणी किनार मा हातमा चुरोट र साथमा चिया पिउदै एक टेबलमा बसिरहेको थिय । अक्सर यो जिन्दगी खाली नै रहेको छ अनि खल्लो पनि , कोहि आए माया प्रेम भन्दै तर केही महिनाको यो मन मा पाहुना बनी बसे अनि गए कसैले त मजाक पनि गरे यो मन सङ एक दिन को लागि ब्वाइफ्रेन बनाएर अर्को दिन दाइ पनि बनाए। यो मन सङ खेलवाड गर्नेको कहिलै कमि भएन । हुन त चोखो चोर बन्नु नि गलत हो कति मन संगै नचाहेर पनि खेलवाड गर्न पुग्या छु ।आज्काल त यो सब को पनि बानी परिसकेछ कोहि आएको गएको याद गर्न नि मन लाग्दैन।15420799_760577817430310_7694288748571981070_n

जतासुकै अँध्यारो छाको थियो रात को अन्धकार होइन कुइरो को ढकमक्क थियो जाडो महिना को यो याम । मौसम पनि एक बिचित्र छ एकै बर्स मा धेरै पटक बद्लिन्छ आज्काल मान्छे को मन नि यस्तै भछ मन परिवर्तन हुन मौसम जत्तिको नि समय लगाउदैनन। कलेज पढ्न भनी आएको म कलेज मा साथी हरु नभए पछि नारायणी आको थिय, हुन त साथी हरु भए नि पढ्ने भन्दा केटि हरुलाइ जिस्काउने काम बढी हुने गर्छ।जाडो एकदम लागिरहेको थियो जाडो मलाइ लागे पनि आगो चुरोट लाइ दिएर सल्काइरहेको थिय र उ जल्दै थियो,म उस्लाइ खरानी मा बनाउदै धुवामा उडाउदै चिया को स्वाद मा घुलाइ रहेको थिय।

यस्तो जाडो मा नारायणीमा चिसो सिरेठो चलेको थियो ।केही चिज पनि प्रस्ट नदेख्दा पनि oxford college को साइड मा एक बोटे दाइ डुङ्गा खियाइरहेको थिय । म त्यही नारायणी र डुङ्गा लाई हेर्दै धुवा उडाइरहेको थिय। त्यतिकै मा मेरो नजर मा एक केटिको आकार देखियो।म अचम्मित पर ,अचम्मित भन्दा नि छक्क परे । म छक्क नपरौ नि कसरी उ भन्दा उस्ले गरेको हर्कत अनौठो थियो । आफू यो जाडो मा दुई जकेट जुत्ता पन्जा टोपी लगाउदा नि जाडो भएर तातो चिया को साथ तातो चुरोट को धुवा लिइ राखेको छु । उस्ले लगाएको जुत्ता फुकालेर हात मा लिगेकी छे अझ भएन त्यो चिसो पानीमा पाइला चोबल्दै छ।
निलो प्यान्ट निलो जकेट जकेट को टोपीले टाउको छोपेकी पछाडि कालो ब्याग भिरेकी हात मा जुत्ता लिगेकि हेर्दा राम्रै थि तर पनि अचम्म कि ।अक्सर म सङ घटना रात मा घट्ने गर्थे आज बिहानै हुदैछ।कस्तो जाडो नभएको उस्लाइ उ मानिस नै हैन जस्तो ।
सायद यस्को नारायणी सङ ठुलै सम्बन्ध हुन पर्छ या मन मा ठुलै पीडा बोकेको हुनपर्छ । हेर्दा कलेज पढ्ने जस्ति नि देखिन्छे , कलेज आए class मा हुनु पर्ने किन यहाँ यस्तो गर्दी हो र। आजकाल समय पनि सारै खराब यो नारायणी मा आत्महत्या गर्ने को सन्ख्या दिनानु बढ्दो क्रम मा छ । कैले माया मा धोका पाएर कैले के कैले के ।
उ अझै नि पानी मा खुटा चोबली रहेकी छे यति आट भएकी यार ,आफू दिउँसो घाम मा नुहाउन त सोच्नु पर्छ ।
उस्लाइ हेर्दा हेर्दै र किन गरेकी हो सोच्दा सोच्दै दुई चुरोट लाई सलामी दिएर खरानी बनाइ सके । डुङ्गा पनि दुई पटक ओहोरदोहोर गरि सक्यो । मलाइ किन किन उ सङ बोलौ बोलौ
लाग्यो तर बोलौ कसरी अन्योल मा परे । सधै जसो यो पटक नि मन र दिमाग बिच भिडन्त पर्यो र सधै जसो जित मन को भयो उस्लाइ बोलाउन जाने भए सोध्ने भए किन यस्तो गरेको भनेर ।
चियावला भाइ लाई भाइ मेरो हेल्मेट झोला यहि छ म किनार मा पुगेर आउछु है।
हुन्छ दाइ।
म उ भए तिर किनार तिर लम्के । सल्कीरहेको चुरोट भुइ मा फ्याके । मेरो जुत्ता मा बालुवा ले गरुङ्गो भयो ।जति पानी नजिक गए उति सिरेठो बढेको थियो जाडो बढेको महसुस हुन्थ्यो । उस्को नजिक पुगि सकेको थिय मेरो पछि बुद्ध को मुर्ती थियो ।बोलौ कसरी र के भनेर फेरि एक पटक सोचे। उ अझै पनि पानी मा खेलिरहेकी थिइ ।सायद म त्यहा पुगेको उस्लाइ सुर्को नि थियन भए पनि मतलब गरेकी छैन ।
म जसो तसो मनोबल गरेर उस्लाइ बोलाए
म : Excuse Me
(केही जवाफ आएन सायद एकोहोरिएकि छ त्यसैले सुनिन होला )
म: Excuse Me ( फेरि बोलिन सायद सुनेर नि मत्लब गरि छैन )
(अन्तिम पटक बोलाउने सोच्दै अल्लि चर्को स्वर ले )
म: सुन न .. (यो पटक धन्न सुनी)
उ:(सुस्त स्वर मा ) हजुर मलाइ भन्नू भको

To be continue …
#भुत