Tag Archives: poem

धनी अनि घमण्डी हरु हो मलाई चाहिदैन !!



———–गजल———==
मनको माया छदै छैन,धनको माया चाहिदैन !!

ब्यर्थै जिबन जिउने मलाई भएपनि चाहिदैन !!
खोज्दा खोज्दा भेटिछन है, सबै थरीथरी यहाँ  !!

मनको  साथी नभेटेसी  अछुत माया लाईदैन !!
हो तिम्रै हु भन्ने कति भेटिय कति यहाँ ……!!

धनी अनि घमण्डी हरु हो मलाई चाहिदैन !!
यात्रा अझै कति छन कति पार गर्नु मलाई !!

अचाहिदो अमृत पनि भोक लागे नि खाईदैन !!

;;

;;

पूर्णसिंह बम (अनुराग)कालिकोट ,,थिर्पु,,

हाल मलेसिया ।

।​पूर्णसिंह बम (अनुराग) का गजल यात्रा ।।

Advertisements

आज धेरै प्याला पिय मात लागेको छ सानु नआउ नजिक नछोउ मलाई मात लागेको छ सानु


आज धेरै प्याला पिय मात लागेको छ सानु

नआउ नजिक नछोउ मलाई मात लागेको छ सानु

 
जिबनभर बिश्वास बाड्दै हिडेको यो यात्रिलाई
आज फेरि भयभरको घात लागेको छ सानु

नआउ नजिक नछोउ मलाई मात लागेको छ सानु
 
बसुजैब कुटुम्बकम मन्त्र जप्ने पुजारीलाई
हिन्ताबोध र यक्लो पनको लात लागेको छ सानु
नआउ नजिक नछोउ मलाई मात लागेको छ सानु
 
गर्नुपर्ने सबैगरे लाग्दैन केहि बाकि छ
अझैपनि तिरस्कारको खात लागेको छ सानु
नआउ नजिक नछोउ मलाई मात लागेको छ सानु
 
रातहरु त अध्यारै छन छैन कुनै गुनासो
लालि उसा बिनाको प्रभात,लागेको छ सानु
नआउ नजिक नछोउ मलाई मात लागेको छ सानु
 
दिनानुदिन टुक्रियर ,रित्तिदै छ उदासि मन
उपेक्षित जिबन वहिहात लागेको छ सानु
नआउ नजिक नछोउ मलाई मात लागेको छ सानु10561663_599354696849660_5917301618334831687_n